EN

गृहकोट, स्याङ्जा | स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ४, गृहकोटस्थित श्री जनजागृति माध्यमिक विद्यालयले आफ्नो ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा मनाएको छ। बिहीबार विद्यालयकै प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच विद्यालयले आफ्नो गौरवमय यात्राको ६५ औं खुड्किलो पार गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले दीप प्रज्वलन गरी समारोहको समुद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष मानन्धरले जनजागृति मावि यस क्षेत्रकै शैक्षिक धरोहर रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “शैक्षिक स्तरमा अब्बल यस विद्यालयको विकासका लागि गाउँपालिका सधैं काँधमा काँध मिलाएर अघि बढ्न तयार छ।”

बिज्ञापन


त्यसैगरी, विशिष्ट अतिथिको आसनबाट बोल्दै गाउँपालिका उपाध्यक्ष इन्द्रा कुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले विद्यालयको भौतिक तथा प्राज्ञिक सुधारका लागि आगामी दिनमा थप योजनाहरू ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यार्थीको प्रतिभा र सहयोगदाताको सम्मान उत्सवका क्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक झाँकी, नृत्य र गीतहरू प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए। विद्यार्थीहरूको प्रतिभाले समारोहको रौनक थप बढाएको थियो। सोही अवसरमा विद्यालयको उन्नतिमा विभिन्न समयमा सहयोग पुर्‍याउने सहयोगदाता, समाजसेवी तथा शिक्षाप्रेमीहरूलाई सम्मान समेत गरिएको थियो।
अभिभावक र सरोकारवालाको बाक्लो उपस्थिति
कार्यक्रममा स्थानीय अभिभावक, शिक्षाप्रेमी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले विद्यालयले हालसम्म प्राप्त गरेको शैक्षिक उपलब्धिलाई कायम राख्दै प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने सुझाव दिएका थिए।
अन्त्यमा, विद्यालय प्रशासनले उपस्थित सबै अतिथि तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च